थप ३ हजार ४५१ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

August 16, 2021 5:24 pm

काठमाण्डौ,साउन ३२
नेपालमा आज थप ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ४५८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ३४ हजार ८३८ जना संक्रमित भएकोमा ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।