चितवन,साउन ३२
चितवनमा पछिल्लो २४ घण्टामा १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २३ हजार २४२ जना कोरोना संक्रमित भएकोमा २० हजार २९१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ५८२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३६९ पुगेको छ ।