चितवन,साउन ३१
चितवनमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २३ हजार ४४ जना कोरोना संक्रमित भएकोमा २० हजार १७८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ५०१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३६५ पुगेको छ ।