‘खोप नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो, पहुँच भएकाले मात्र खोप पाउने स्थिति बन्दैन – प्रधानमन्त्री देउवा

August 15, 2021 3:49 pm

काठमाण्डौ –
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय भएको बताउनुभएको छ ।

कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो ।

‘एकातिर खोप व्यवस्थापनका लागि आवश्यक परेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्ने बताउनुभयोे ।
पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस भनेर खोपको वितरण समन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।उहाँले भन्नुभयो

यो हप्तासम्म पूर्णमात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उहाँले बताउनुभयो । अहिले नेपालमा आइसकेको एक करोड आठ लाख खोपबाहेक आउँदो असोजसम्म कम्तीमा अर्को एक करोड खोप आउने भएको छ ।

‘यसका अतिरिक्त अबको हाम्रो कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञको सल्लाहमा आधारित हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले खोपपछिको तात्कालिक अर्थव्यवस्था सञ्चालनको मूल नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने बताउनुभयो ।