काठमाण्डौ,साउन ३०
नेपालमा आज थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३२० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ३० हजार ४७९ जना संक्रमित भएकोमा ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।