![](https://ratnanagaronline.com/wp-content/uploads/2021/08/Jayces_1.jpg)
श्रावण ३०,रत्ननगर ।
रत्ननगर जेसिजको सप्ताहव्यापी कार्यक्रम जेसिज सप्ताह २०२१ आज बाट सुरु भएको छ । सप्ताहको पहिलो दिन आज समुद्घाटन संगै वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल नमुना माध्यमिक विद्यालय रत्ननगर २ मा आयोजित कार्यक्रम रत्ननगर २ का अध्यक्ष तिलकराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमका संयोजक जेसी सुरेशजंग पाण्डेले जानकारी दिए ।
कार्यक्रममा मातृ शाखा नारायणगढ जेसिजका अध्यक्ष जेसी वासु दुवाडी, पुर्व अध्यक्षहरु जेसी सुन्दरलाल श्रेष्ठ, जेसी देवेन्द्र कुमार श्रेष्ठ निवर्तमान अध्यक्ष जेसी प्रदिप अधिकारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम रत्ननगर जेसिज बर्ष २०२१ का अध्यक्ष जेसी हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
जेसिज सप्ताह अन्तर्गत खाधान्न वितरण कार्यक्रम, शैक्षिक सामाग्री वितरण कार्यक्रम, कोभिड र यसको प्रकार सम्वन्धमा वेभिनार कार्यक्रम, तपाइको मास्क खोइ अभियान, वैठक प्रणाली तालिम र अन्तर जेसिज वक्तृत्वकला प्रतियोगिता संचालन हुने र सप्ताह आगामी भाद्र ४ गते सम्म चल्ने जेसिज सप्ताह २०२१ मूल संयोजक जेसी सन्तोष दुवाडिले जानकारी दिए ।