बाघको आक्रमणबाट महतोको मृत्यु

August 14, 2021 5:37 pm

चितवन, ३० साउन । बाघले आक्रमण गरी मारेको अवस्थामा एक व्यक्ति फेला परेको छ ।
साउन २५ गते घास काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जानु भएको खैरहनी नगरपालिका वडा नं. १३ घर भएका ६६ वर्षिय भदै महतोको शव फेला गरेको हो । जंगलमा घाँस काट्न जानु भएको महतोको खोजी कार्य गरेपनि फेला परेको थिएन ।

शनिबार दिउसो सोही वनमा हाडखोर र महतोले लगाएको कपडा, चप्पल फेला परेपछि बाघले आक्रमण गरी मारेको हुन सक्ने अनुमान गरेको छ । कपडाको आधारमा उहाँको नै शव भएको परिवारले पहिचान गरेको स्थानीय संजय दवाडीले जानकारी दिनु भयो ।

खैरहनी प्रहरीले घटना स्थलको मुचुल्का उठाएर विवरण संकलन गरेको स्थानीयले जानकारी दिएका छन् । घाँस काट्न जादा बाघले आक्रमण गरी मानिस मार्ने गरेपनि स्थानीय सामुदायिक वनमा दाउरा घाँस, निउरो टिप्न जान छाडेका छैनन् ।