चितवन, साउन ३०
बाघले आक्रमण गरि मारेको ब्यक्तीको हाडखोर फेला परेको छ । साउन २५ गते कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका वडा नं १३ घर भएका ६६ वर्षिय भदै महतोको हाडखोर फेला परेको हो । जंगलमा घाँस काट्न गएका महतोको खोजी कार्य भएपनि फेला परेको थिएन । शनिबार दिउसो सोही वनमा हाडखोर र महतोले लगाएको कपडा, चप्पल फेला परेपछि बाघले आक्रमण गरी मारेको हुन सक्ने अनुमान गरिएको छ । कपडाको आधारमा उहाँको नै शव भएको परिवारले पहिचान गरेको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी दिए । खैरहनी प्रहरीले घटना स्थलको मुचुल्का उठाएर विवरण संकलन गरेको स्थानीयले जानकारी दिएका छन् । घाँस काट्न जादा बाघले आक्रमण गरी मानिस मार्ने गरेपनि स्थानीय सामुदायिक वनमा दाउरा घाँस काट्न, निउरो टिप्न जान छाडेका छैनन् ।