प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोडेनन -शंकर पोखरेल

August 14, 2021 1:03 pm

काठमाडौं ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन ।

आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको उनको आरोप छ ।

पोखरेलले भने,प्रचण्डले ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो ।

दाङमा आज शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रचण्डको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप समेत लगाए ।