चितवन,साउन २९
चितवनमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २२ हजार ८३४ जना कोरोना संक्रमित भएकोमा २० हजार ६४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ४१० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।