काठमाण्डौ,साउन २७
नेपालमा आज थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ८८५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख २२ हजार २९६ जना संक्रमित भएकोमा ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।