चितवन,साउन २७
चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २२ हजार ४७१ जना कोरोना संक्रमित भएकोमा १९ हजार ७०८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ४०७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३५६ पुगेको छ ।