चितवन,साउन २६
चितवनमा पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २२ हजार २९९ जना कोरोना संक्रमित भएकोमा १९ हजार ५२७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ४१८ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३५४ पुगेको छ ।