काठमाण्डौ,साउन २६
नेपालमा आज थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख २० हजार ६८० जना संक्रमित भएकोमा ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।