प्रहरी बिट कृष्ण मन्दिरद्वारा मास्क सचेतना अभियान सुरु

August 9, 2021 8:33 pm

रत्ननगर : रत्ननगर लगायत चितवन जिल्ला भरि नै कोरोना भाईरसको प्रकोप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले मास्क सचेतना सुरु गरे अनुरुप प्रहरी बिट कृष्ण मन्दिरले पनि मास्क सचेतनालाई तीव्रता दिएको छ । आज संचालन गरिएको सचेतना अभियान अन्तर्गत ३५ जना मास्क नलगाई यात्रा गरेका पैदल तथा सवारी चालकलाई सचेतना प्रदान गरि मास्क वितरण गरिएको प्रहरी बिट कृष्ण मन्दिरका हवल्दार लोक बहादुर गिरीले जानकारी दिए ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भए यता कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । रत्ननगरमा आज मात्र ३७ जना संक्रमित थपिएका छन् भने चितवनमा २३१ जनामा संक्रमण देखिएको छ । यहि भयावह स्थितीलाई थप वृद्धि हुन नदिन प्रहरी सक्रिय भएको साथै आगामी दिनहरुमा पनि जिल्ला तथा इलाका प्रहरी कार्यालयले ल्याएका सचेतनाका विभिन्न कार्यक्रम लाई पालना गरी जनताको सेवामा आफुहरु लागिपर्ने गिरीको भनाई छ ।