थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

August 9, 2021 6:00 pm

काठमाण्डौ,साउन २५
नेपालमा आज थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७८४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख १७ हजार ४८६ जना संक्रमित भएकोमा ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।