चितवनमा पछिल्लो २४ घण्टामा २३१ जनामा कोरोना पुष्टि

August 9, 2021 5:40 pm

चितवन,साउन २५
चितवनमा पछिल्लो २४ घण्टामा २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २२ हजार ६० जना कोरोना संक्रमित भएकोमा १९ हजार ३५३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ३५४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३५० पुगेको छ ।