पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरूको काठमाडौंमा भेला

August 9, 2021 11:20 am

काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाहेकका जिल्ला सभापतिहरू काठमाडौंमा जुटेका छन्। १४ औं महाधिवेशन अन्योलमा परेपछि समयमै महाधिवेशन गर्न दवाव दिन जिल्ला सभापतिहरू काठमाडौंमा आजदेखि भेला गर्न लागेका छन्। ।भेला ठमेलस्थित एक होटलमा गरिनेछ । एक जना जिल््ला सभापतिले दिएको जानकारी अनुसार एक र दुई दिनसम्म भेला गरी १४ औं महाधिवेशन समयमै गर्न र पार्टीलाई संकटमा नपुर्‍याउन सभापति शेरबहादुर देउवालाई सुझाव र दवाव दिने कार्यक्रम छ।
‘महाधिवेशन अन्योलमा परेको र कार्यतालिका पनि प्रभावित भएको अवस्थामा सामुहिक रूपमा छलफल गरी निष्कर्ष निकालेर सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन लागेका हौं,’ ती जिल्ला सभापतिले भने। यसअघि पनि जिल्ला सभापतिहरूको तर्फबाट नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले विज्ञप्ति निकालेर क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गरेका थिए। भेलामा ७७ मध्ये ४० जिल््ला सभापति उपस्थित हुने दाबी उनीहरूको छ।