थप २ हजार ५४८ जनामा कोरोना पुष्टि, ५५ को मृत्यु

August 8, 2021 6:17 pm

काठमाण्डौ,साउन २४
नेपालमा आज थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २९ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख १४ हजार ८७७ जना संक्रमित भएकोमा ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।