चितवनमा कोरोना संक्रमितको दर बढ्दै गएपछि थप कडाइ गर्दै निषेधाज्ञा थपियो

August 8, 2021 6:01 pm

चितवन,साउन २४
चितवनमा कोरोना संक्रमितको दर बढ्दै गएपछि जारी निषेधाज्ञा थप कडाइ गर्दै साउन ३२ गते राति १२ वजेसम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै साउन ३२ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जारी सुचनामा ठेला तथा फुटपाथ पसल, सपिङ महल, स्ट्रिट फुट पसल, सैलुन, व्यूटीपार्लर सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न, तरकारी, फलफूल, डेरी, पोल्टीजन्य पसल, एग्रोभेट, रासायनिक मल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ । दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै,सवारि साधनमा पनि कडाईका साथ जोर बिजोर प्रणालि लागु गर्न सुचनामा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :-