चितवनमा पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

August 8, 2021 5:18 pm

चितवन,साउन २४
चितवनमा पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २१ हजार ८३४ जना कोरोना संक्रमित भएकोमा १९ हजार १५८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ३२७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३४९ पुगेको छ ।