काठमाडौं ।
सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी दिए ।सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने बताएका छन ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । त्यसलाई आज अन्तिम रुप दिइएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संघीयता सुदृढीकरण, मन्त्रीहरुको आचारसंहिता लगायत विषय समेटिएको छ ।
कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका थिए ।