युथ क्लबले गर्‍यो पुर्व अध्यक्षलाई सम्मान

August 7, 2021 6:32 pm

चितवन,साउन २३
युथ क्लब नारायणगढले ४८ औ साधारणसभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा आयोजना गरेको साधारणसभामा क्लबलाई यहाँसम्म ल्याउन योगदान गरेको भन्दै सम्मान गरेको हो । सस्थाले ज्ञानेन्द्रकुमार पिया, पूर्व अध्यक्ष कल्याण जोशी,केशवप्रसाद रेग्मी, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, हेरम्बकुमार असिम, रोशन मास्के, विष्णुप्रसाद सापकोटा, सुरेशकुमार श्रेष्ठ, लक्ष्मण बानियाँलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञानेन्द्र पिया, अतिथिहरु केशवप्रसाद रेग्मी, विष्णु सापाकोटा, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, विष्णु सापकोटालगायतले सामाजिक क्षेत्रमा युथ क्लबको योगदान उल्लेख्य भएको बताउनु भयो । समाजका लागि सस्थाले अझै सक्रिय काम गर्नु पर्नेमा जोड दिनु भयो ।

क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रगती प्रतिवेदन महासचिव किशोरबाबु पुरी, आर्थिक प्रतिवेदन रोशन मास्केले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्व्य राख्नु भएको कार्यक्रम अध्यक्ष रामबाबु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।