काठमाण्डौ,साउन २३
नेपालमा आज थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख १२ हजार ७४० जना संक्रमित भएकोमा ६ लाख ६७ हजार २७० जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।