एसईईको नतिजा आज सार्वजनिक हुने

August 7, 2021 2:46 pm

काठमाडौं,साउन २३
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्न लागेको हो ।

बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसैगरी,बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।