चितवन,साउन २२
चितवनमा पछिल्लो २४ घण्टामा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २१ हजार ५७४ जना कोरोना संक्रमित भएकोमा १८ हजार ८९८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ३३२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३४४ पुगेको छ ।