चितवन,साउन २१
चितवनमा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २१ हजार ३५२ जना कोरोना संक्रमित भएकोमा १८ हजार ७६० जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार २५१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३४१पुगेको छ ।