काठमाण्डौ,साउन २०
नेपालमा आज थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ५ हजार ७२ जना संक्रमित भएकोमा ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।