रत्ननगर वडा नं ८ को आफ्नै वडा भवनबाट सेवा सुरु

August 4, 2021 7:11 pm

रत्ननगर,साउन २०
रत्ननगर नगरपालिका वडा नं ८ को वडा भवन उद्घाटन गरिएको छ । रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले बुधबार सयुक्त रुपमा वडा कार्यालय भवनको उद्घाटन गरेका हुन । सो अबसरमा मेयर वनले अबको दुई महिना भित्र सबै वडाकार्यालयले आफ्नै भवनबाट सेवा सुरु गर्ने बताए ।
अन्तिम भवनको रुपमा वडा नं ९ को भवन भन्दै छ उनले भने अबको दुई महिनामा त्यो पनि तयार हुन्छ र सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गरेको अबस्था बन्नेछ । उपमेयर दुवाडीले नयाँ भवनसंगै वडा कार्यालयबाट प्रदान गरिने सेवालाई सरल र सहज बनाउनुपर्ने बताइन । जिल्ला समन्वय समितिको ३५ लाख र रत्ननगर नगरपालिकाको २० लाख ९६ हजार गरी ५५ लाख ९६ हजारको लगानीमा तीन कोठे भवन निर्माण गरिएको वडा सचिव खगनाथ पराजुलीले जानकारी दिए ।

कार्यक्रममा चित्रसेन मध्यवर्ती सामुदायिक वन,मावि चित्रसारी,बाटो दाता नित्यराज थपलिया,महिला स्वास्थ्य स्वयम सेविकाहरु गोकर्ण कुमारी महतो,कोपिला गुरुङ,सिमा गौली,भवन निर्माण समितिका संयोजक भूमिलाल आचार्य,सदस्य रुपे तामाङलाई सम्मान गरिएको छ । वडाध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ८ की वडा सदस्य गोकर्ण कुमारी महतो,भवन निर्माण समितिका सदस्य इश्वर अधिकारी,नेकपा एमालेमा पुष्पराज मरहठ्ठा,नेपाली काँग्रेसका शिबप्रसाद आचार्य,वडास्तरीय मेलमिलाप समितिका संयोजक मोहन प्रसाद अधिकारी,समाजसेवीहरु एकनारायण पौडेल,प्रेमकुमार थपलिया लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडासदस्यहरु नेत्र गिरी,भोले महतो,कुमारी विश्वकर्मा लगायत टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।