कोरोनाको कारण चितवनमा एकैदिन १० जनाको मृत्यु,२१५ जनामा कोरोना पुष्टि

August 4, 2021 3:18 pm

चितवन,साउन २०
चितवनमा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुने १० मध्य ५ जना जिल्ला भित्रका रहेका छन् भने ५ जना जिल्ला वाहीरका रहेका छन् । मृत्यु हुने मध्य ७ जनाको चितवन मेडिकल कलेजमा,२ जनाको भरतपुर अस्पतालमा र १ जनाको कलेज अफ मेडिकल साइन्सेसनमा ज्यान गएको हो । चितवनमा अहिले सम्म २१ हजार १६७ जना कोरोना संक्रमित भएकोमा १८ हजार ५०६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार ३२० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३४१ पुगेको छ ।