
काठमाण्डौ,साउन १९
नेपालमा आज थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ९९४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख २ हजार ९७ जना संक्रमित भएकोमा ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।