माधव नेपालले बोलाए केन्द्रीय सदस्यको बैठक

August 3, 2021 4:31 pm

काठमाण्डौ,साउन १९
माधव नेपाल समुहको केन्द्रीय सदस्यको बैठक बुधबार वस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफू निकट केन्द्रीय सदस्यलाई पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र आगामी रणनीति तय गर्न केन्द्रीय सदस्यको बैठक बोलाएका हुन्। नेपाल पक्षका दोस्रो तहका नेताहरू जसरी पनि पार्टी एकता गर्नुपर्ने अडानमा उभिएपछि नेपाल दबाबमा परेका छन्। अर्कोतिर नेपाल तयार नहुँदा दोस्रो तहका नेता पनि दबाबमा छन्। नेपाल निकट तेस्रो तहका नेताहरू ओलीलाई अध्यक्ष मानेर पार्टी एकता गर्न नहुने अडानमा छन्। नेपाल निकट जनवर्गिय संगठनका नेताहरु समेत ओलीले आत्मालोचना नगरेसम्म पार्टी एकता गर्न नहुने पक्षमा छन्। उनीहरुले आवश्यक परेमा नयाँ पार्टी गठन गर्ने तर झुक्न नहुने दबाब नेपाललाई दिएका छन्।