चितवनमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना पुष्टि, ३ को मृत्यु

August 3, 2021 3:11 pm

चितवन,साउन १९
चितवनमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २० हजार ९५० जना कोरोना संक्रमित भएकोमा १८ हजार ४२५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार १८९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।