थप ३ हजार १२५ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

August 2, 2021 7:31 pm

काठमाण्डौ,साउन १८
नेपालमा आज थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ९२५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ९९ हजार ६४९ जना संक्रमित भएकोमा ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।