थप २ हजार ५६८ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

August 1, 2021 5:36 pm

काठमाण्डौ,साउन १७
नेपालमा आज थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २० जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ९७ हजार ३७० जना संक्रमित भएकोमा ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।