चितवन,साउन १७
चितवनमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २० हजार ५४० जना कोरोना संक्रमित भएकोमा १८ हजार ५५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार १५५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३३४ पुगेको छ ।