थप ३ हजार १०६ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

July 31, 2021 6:36 pm

काठमाण्डौ,साउन १६
नेपालमा आज थप ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ९१६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ९५ हजार ३८९ जना संक्रमित भएकोमा ६ लाख ५४ हजार १७७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।