चितवनमा पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

July 31, 2021 2:38 pm

चितवन,साउन १६
चितवनमा पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २० हजार ४६० जना कोरोना संक्रमित भएकोमा १७ हजार ८९४ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित दुई हजार २३६ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको छ ।