सबैलाई छिटो कोरोना खोप व्यवस्था गर्न कांग्रेस नेता सिंहको सरकारलाई आग्रह

July 31, 2021 1:09 pm

काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे ।

‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताए ।

।जनताले खोप लगाउन माग गरेका छन् जनताका ती जायज माग हुन भन्दै नेता सिंहले भने ‘सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई छिटो त्यसको व्यवस्थापनमा गर्न ध्यान दिनु जरुरी भएको बताए ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च भएको भन्दै उनले यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नु पर्ने दोहा्ेरयाए कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गर्दै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे । कामबाटै प्रतिवद्धता पूरा गरेर देखाउन पनि आग्रह गरे ।