काठमाण्डौ
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा पार्टी भित्रको विवाद र एकता प्रयासका लागि भइरहेको पहलका विषयमा पनि छलफल हुनेछ
बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ । नेता माधव नेपाल समूहसँग सहमतिका लागि लामो समयदेखि बैठक बस्न सकेको छैन ।
एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै पालिकामा अधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।