चितवनका पत्रकार ईश्वर र रमेशलाई संरक्षण पत्रकारिता पुरस्कार

July 29, 2021 6:50 pm

चितवन : चितवनका दुई अग्रज क्रियाशिल पत्रकार ईश्वर जोशी र रमेशकुमार पौडेलसहित १० जनालाई चितवन राष्ट्रिय निकुञ्जले सम्मान गरेको छ । विश्व बाघ दिवसको अवसरमा पारेर
संरक्षणमा योगदान पुराएका २ पत्रकारसहित १० जनालाई सम्मान गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

झण्डै ३ दश बढी चितवनमा रहि संरक्षण पत्रकारीता मार्फत संरक्षणमा पत्रकारद्धयले पुराएको योगदान अतुलनिय रहेको निकुञ्जलेृ जनाएको छ । जोशी नेपाल टेलिभिनसहित विविसी नेपाली सेवा समेत आवद्ध छन् । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक समारोहका विच पत्रकारद्धय जोशी र पौडेलसहित दशै जनालाई नगद १० हजार रुपैँया सहित खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।
यस्तै सोही अवसरमा सम्मानित हुनेहरुमा निकुञ्जका रेन्जर दिनेश चौधरी, सिनियर गेम स्काउट रामजुलु यादव, हात्ती माउत्तृे अमृता महत्तो, गोही प्रजनन केन्द्रका बोटमेन मणिराज महत्तो, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गणका सहसेनानी आस्विन मल्ल, राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजाल, कालिका सामुदायिक वनका अध्यक्ष माधव गिरी, मृगकुञ्ज उपभोक्ता समितिका कार्यालय सचिव यौवन पराजुली रहेका छन् ।