
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने बताए ।जंगल र बाघ एक अर्काको लागि पुरक भएको बताउदै जंगल संरक्षणमा ध्यान दिन आवश्यक भएको बताए ।
बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्नेमा दिंदै उनले बाघको लागि जंगल आवश्यक भएकोले बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने धारणा राखे ।नेता नेपालले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने भन्दै प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने बताए । आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको दाबि समेत गरे ।