काठमाण्डौ,साउन १४
नेपालमा आज थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३७३ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ९० हजार ६४२ जना संक्रमित भएकोमा ६ लाख ५० हजार ४४५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।