चितवनमा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरोना पुष्टि,४ को मृत्यु

July 29, 2021 2:19 pm

चितवन,साउन १४
चितवनमा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म २० हजार ९० जना कोरोना संक्रमित भएकोमा १७ हजार ७३५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित २ हजार ३० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३२७ पुगेको छ ।