चितवनमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना पुष्टि,५ को मृत्यु

July 28, 2021 2:50 pm

चितवन,साउन १३
चितवनमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १९ हजार ९०६ जना कोरोना संक्रमित भएकोमा १७ हजार ५६५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित २ हजार १६ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३२५ पुगेको छ ।