राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा रत्ननगरका विश्वनाथ पौडेल नियुक्त

July 27, 2021 8:39 pm

चितवन,साउन १२
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा रत्ननगरका डा.विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । एक निजी बैंकमा निर्देशकका रुपमा समेत काम गरिसकेका पौडलले डा.स्वणिर्म वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।