थप ३ हजार ८९९ जनामा कोरोना पुष्टि, २० को मृत्यु

July 27, 2021 5:42 pm

काठमाण्डौ,साउन १२
नेपालमा आज थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ८५ हजार ६७३ जना संक्रमित भएकोमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।