कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापति एवम प्रधानमन्त्री देउवा लाइ बुझायो प्रतिवेदन

July 27, 2021 2:56 pm

काठमाडौं ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ। आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको हो ।
रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो ।
समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ ।