चितवन,साउन १२
चितवनको माडीमा हिजो सोमबार दिउँसो बालिका बलात्कार गरी फरार भएका एक युवक आज बिहान भरतपुरको चोकबजारबाट पक्राउ परेका छन् । ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो २ बजे बलात्कार गरी फरार भएका भारत आसाम निवासी ३० बर्षीय कृष्ण बिक आज मंगलबार बिहान ८ बजे पक्राउ परेका हुन् ।
घटनाको करीब साढे चार घण्टापछि मात्रै प्रहरीलाई सो बारे जानकारी भएकोमा साँझदेखि रातभर खोजी अपरेशनमा परिचालन भएको माडी प्रहरीले अभियुक्तलाई लुकिछिपी भागिरहेको अवस्थामा भरतपुरस्थित चोकबजारबाट नियन्त्रणमा लिएको हो । बलात्कृत बालिकालाई प्रहरीले राती नै मेडिकल चेकजाँच गरी संरक्षणमा राखेको छ र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
अभियुक्त नेपाली मूलका भारतीय नागरिक रहेका बिक विगत डेढ बर्षदेखि माडी–१ स्थित ससुराली घरमा बस्दै आएका थिए । पछिल्लो दुई सातादेखि उनी भरतपुर–माडी–ठोरी रुटको बसमा सह–चालकको काम गरिरहेको खुलेको छ ।