रत्ननगर,साउन १२
रत्ननगर नगरपालिका वडा नं ३ ले वडा भित्रका अति विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक बर्ष २०७७/७८ को अन्य सहायता कोषबाट वडा भित्रका अति विपन्न ५७ परिवारको स्वास्थ्य बीमा गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । स्वास्थ्य बिमाको लागि वडा कार्यालयले प्रतिपरिवार ३ हजार ५०० रुपैया भुक्तानी गरेको छ । सो बिमा आउदो भदौं महिना देखि लागु भएर साउन मसान्त सम्मलाई हुने छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका अति विपन्न परिवारको पहिचान गरी स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष भट्टराईले बताए । वडाबासीहरुको स्वास्थ्य सुरक्षा गर्ने दायित्व हाम्रो हो उनले भने आर्थिक अभावका कारण स्वास्थ्य बिमाबाट बन्चित परिवारको पहिचान गरेर बिमा गरेका हौं ।